ज्ञानेन्द्र शाहीको पक्राउबारे कर्णाली प्रदेश पत्रकार महासंघ समितिको विज्ञप्ति यस्तो छ ,,

जेठ १७ , सुर्खेत ,रंग दर्पण – नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले एक विज्ञप्ति जारि गर्दै ज्ञानेन्द्र शाहीको घटना प्रति खण्डन गरेको छ।

मानव अधिकार र भ्रस्टाचार विरुदको नाममा आफ्नो आवाज बुलन्द रुपले उठिरहेको भन्दै नागरिक समाजमा कार्यक्रम गर्दै अगाडी बढेका ज्ञानेन्द्र शाहीलेलाई गत १५ गते सुर्खेत प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका शाहीले गत वैशाख १८ गते कर्णाली प्रदेश सुर्खेतमा एक कार्यक्रमको आयोजना गरेका थिय। तर उक्त कार्यक्रममा कुनै पनि पत्रकारलाई प्रवेश निषेध गरेको र कर्णालीका पत्रकार हरुलाई शाहीले यँहाका पत्रकार कुकुर हुन् , दलाली हुन् , भ्रस्टचारीका भरौटे हुन् भन्दै अपमान शैलीमा भाषण गरेको पत्रकार महासंघ कर्णाली प्रदेश समितिले जिकिर गर्दै विज्ञप्ति जारि गरेको छ ।

पत्रकार माथि अपमान र गालि गलैज गरिएको भन्दै आत्मसम्मानमा चोट पुर्याउने काम गरेपछि नेपाल पत्रकार माहासंघ जिल्लामा उपलब्ध केन्द्रका प्रतिनिधिबाट प्रचलित कानुन बमोजिम ज्ञानेन्द्र शाहीलाई कारबाहीको माग गर्दै प्रहरी प्रक्राउ गर्ने उजुरी परेको विज्ञप्तिमा उल्लेख छ ।

सुर्खेत प्रहरीले गत १५ गते शाहीलाई एक आयोजित कार्यक्रमबाट पक्राउ गरेको थियो , कार्यक्रममा शाही र शाही पक्षले प्रहरी माथि ढुंगा मुढा समेत गरेको जसबाट ५ जना प्रहरी घाईते भएको जारि विज्ञप्तिमा उल्लेख छ।

शाहीले भने आफुलाई कार्यक्रम बाट जबर्जस्ति धकेलेर हिरासतमा लिएर निर्मम कुटपिट गरेको जानकारी गरेका छन् ।शाहीलाई सुर्खेत प्रहरीले काठमान्डौमा रिफर गरेको छ ।

शाही अहिले अस्पतालमा उपचार गराई रहेका छन् ।उनको हात खुट्टा , र ढाडमा ठुलो चोट लागेको छ। निज शाहीले चलाएको अभियानको मह संघ विरोधी नभएको समेत उल्लेख गरिएको छ ।

शाहीले पिडित पत्रकारमाथि झन् पिडा थपे पछि उनलाई कारबाहीको माग गरिएको पत्रकार महासंघ कर्णाली प्रदेश समितिले विज्ञप्ति सहित जानकारी गरेको छ ।हेर्नुहोस विज्ञप्ति ,