कलाकारको पिडा कसले बुझ्दिने आत्मा सम्मानमा चोट पर्दापनि कुनै निकाय बोल्दैन ,,
पछिल्लो समयमा सांगीतिक क्षेत्रमा आफ्नो नाम चर्चाको शिखरमा पुर्याउन सफल गायक हुन् प्रकाश सपुत ।दर्शकमाझ उनको छुट्टै पहिचान छ ।
उनले थुप्रै गीत संगीत गरेका छन् भने गीतमा स्वरपनि भरेका छन् ।समसामयिक घटनामा निर्माण गरिएका र परम्परागत झल्को मेटाउने गीत गाउने प्रकाश सपुतलाई भने अहिले तेही आफुले गाएको गीत पासो बनेको छ ।
केहि महिना अगाडी मात्र उनले आफ्नै संगीत / स्वरमा निकालेको गीत गलबन्दीले उग्र रुप लिएको छ ।
पुराना संगीतकार शम्भु राईले आफ्नो गीत संग गलबन्दी गीत मिलेको भन्दै मेडियामा आएपछि सामाजिक संजालभर बिरोध छ ।
यसमा दोहोरो देखिन्छ कोहो सम्भु राईको पक्षमा छन् भने बढीमात्रामा प्रकाश सपुतको पक्षमा दर्शक छन्। दुवै संगीतकार बीच छलफल भयपनी निस्कर्ष केहो भन्ने कसैलाई जानकारी भने भएन।
तर अहिले सामाजिक संजालभरि प्रकाश सपुतको बिरोध गरिएको छ। कुनै ब्याक्तिले फेक आईडी बनाउने त कसैले अराजक भाषा शैली प्रयोग गर्दै जातित्वमा प्रहार गरेको देखिन्छ ।
बारम्बार कलाकारमाथि आईपर्ने यस्ता बाधाहरुलाई भने कसले अन्त्यगर्ने भन्ने टुंगो छैन ।
पटक पटक यो भन्दा पहिले पनि थुप्रै गायक गायिकामाथि पनि यस्ता कुकर्म गर्ने ब्याक्ति नजमेका भने होईनन ।
तर यो पटक भने गायक प्रकाश सपुतको फोटोमानै कामि भनेर लेखेको अराजक भाषा बोल्ने जुन ब्याक्तिलाई कारबाही गर्दिने निकाय कुन हो।
न त लोकदोहोरी प्रतिस्ठान न त सरकार यो भाषाले एउटा सिंगो कलाकार र सिंगो जातीयतामा प्रश्न उठेको हो ,,जय गीत जय संगीत।
सरकारले ल्याएको मेडिया काउन्सिल तत्काल कार्यनयन गरि साईबर क्राईम अनुसार यस्ता ब्याक्तिलाई तत्काल कारबाही गर्दा समाज र रास्ट्रलाई केहि उचित हुन्थ्यो कि ?