Gold
Bangad salyan

भूमीसुधार मन्त्री पद्मा अर्याललाई साँखुमा कालो झण्डा संगै राजिनामा माग ,,

साउन १३ ,काठमाडौं- भूमिसुधार मन्त्री पद्मा अर्याललाई काठमाडौंको साँखुमा कालो झण्डा देखाइएको छ ।

मालपोत कार्यालय उद्घाटन गर्न साँखु पुगेकी उनलाई स्थानीयले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् ।साँखु बसपार्कमा कला–संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरका सदस्यहरुले गुठी बिधयेकको खारेजीको माग गर्दै उनको राजिनामा समेत मागेका छन् ।

मन्त्रीलाई कालो झण्डा देखाउने तयारी गरेपछि बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो भने खानतलासी लिएर मात्र सर्वसाधारणलाई उद्घाटन कार्यक्रममा सहभागी गराइएको थियो ।

मालपोत कार्यालयको उद्घाटन सकेर फकर्ने क्रममा मन्त्री अर्याललाई कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरले कालो झण्डा देखाइएको थियो ।

सरकारले गुठी विधेयक फिर्ता लिएपनि काठमाडौंका नेवार समुदायले सो विधेयक खारेजीको माग राख्दै प्रर्दशन गर्दै आइरहेका छन् ।

कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरका संयोजक राजदास श्रेष्ठ, दिलिपकुमार श्रेष्ठ, विजयकुमार भाष्कर, मनिष सिम्खडा, मिलन खड्का लागाएत्को समुहले मन्त्री अर्यालको राजिनामा माग्दै कालो झण्डा देखाएका हुन् ।कालोझण्डा देखाउनेक्रमा स्थानीयलाई प्रहरीले धरपकड गरेको थियो ।