योगेश भट्टराईले भने म संचारकर्मीको साथमा सधै नजिक छु ,,
साउन १५ , काठमान्डौ – नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका छन् ।
भट्टराईले आज ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गाेपनियताको सपथ लिएका हुन् ।
गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।
ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईले आजै बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मा समालेका छन्। मन्त्रालयमा पद बहाली गर्दै मन्त्री भट्टराईले पार्टीका सबै बरिष्ठ नेताहरुसँग छलफल गरेर आफुलाई यो जिम्मेवारी सुम्पिएको उल्लेख गरे ।
मन्त्रालयका कर्मचारी तथा पत्रकारसँग कुरा गर्दै उनले आफूलाई सो मन्त्रालयको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई धन्यवाद दिए ।
साथै उनले आफूलाई निर्वाचित गराउने मतदाताहरुलाई पनि धन्यवाद दिए । स्थाई भट्टराईले मन्त्रालयमा आईसो गैसो भनेर भाषा नचल्ने पनि बताए।
उनले अगाडी भने म संचारकर्मी संग सधै नजिक रहने छु ।सामाजिक संजालमा मलाई सुभकामना दिए पुग्छ ।
मेरो लागि कसैले पनि पत्र पत्रिका वा टेलिभिजनमा सुभकामना दिएर खर्च नगर्नु होला ।सबै भन्दा ठुलो कुरा काम हो। देश बनाउनमा मेरो मात्र नभई सबैको जिम्मेवारी भएको हुँदा आफुलाई सबैको साथको खाँचो रहेको उनले बताए।