Gold
Bangad salyan

सहि बयान नदिएको भन्दै रविलामिछानेलाई अझै ५ दिन हिरासतमा राख्न आदेश ,,

भदौ ३ , काठमान्डौ – पत्रकार रविलामिछानेलाई अझै हिरासतमा राख्न अद्लातले आदेश दिएको छ। जिल्ला अदालत चितवनले मंगलबार फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

रवि सहित युवराज कंडेल अस्मिता कार्कीलाई पनि थप म्याद गरि अनुसन्धान अगाडी बढाउन अदालतले अनुमति दिएको छ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

यसघि साउन ३१ गते उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।उनीहरुको बयान अदालतले लियापानी अझै सत्य कुरा नआएको भन्दै थप ५ दिन हिरासतमा राख्न अदालातले आदेश दिएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार न्युज २४ बाट नियन्त्रणमा लिएको थियो ।

शालिकरामले आत्महत्या गर्दा उनको मोबाईलमा एउटा भिडियो फेला परेको थियो। जसमा पुडाशैनिले रविलामिछानेका कारण आफु आत्महत्या गर्न बाध्य भयको खुलाएका छन् ।जसमा युराज कंडेल र अस्मिता कार्कीको पनि नाम मुछिएको छ।