सिंगापुरबाटै टेलिकन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् बैठक ,,
भदौ ९ , काठमान्डौ – नेपालमा पहिलोपटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेको बेला प्रविधिको उपयोग गर्दै पहिलो पटक टेलिकन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको हो ।
ओली उपचारको क्रममा सिंगापुरमा छन् लामो समययता मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सिंगापुर बसाई लम्बिने भएको छ
। उनको हाल सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीले सिंगापुरबाटै आफ्नो अध्यक्षतामा टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बसालेका हुन् नेपालको लागि यो नँया प्रयोग भएको मन्त्रीहरुले बताएका छन् ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।
नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो ।
बैठकबारेको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु पौडेलले लेखेका छन् विगतमा यस्तो परम्परा थिएन । हाल नेपालमा पनि यो प्रविधिको प्रयोग भयको छ।