Gold
Bangad salyan

उपनिर्वाचन बहिस्कार गर्ने बैद्यको चेतावनी ,,

भदौ १३ , बुटवल – वैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले अबल नेकपाको बहुमत सरकारले जनताको लागि काम गर्न नसकेको बताएको छ ।

शुक्रबार बुटवलमा क्रान्तिकारी पत्रकार माहसंघले आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै वैद्यले भने ,अहिलेको सरकारले कम्युनिष्ट पार्टीको बद्नाम मात्र गर्यो ।जसको अनुभूति जनताले गरेका छन्।

बहुमत नेकपा सरकारले केवल महंगी बढाउने काममात्र गरेको समेत टिप्पणी गरे ।छिमेकी राष्ट्रसंग नाजिम हुने र पररास्ट्र नीति कम्जोर भयको भन्दै चीनतर्फ जाँदा चीनसँग नजिक, भारततर्फ जादाँ भारतसँग नजिक अनि अमेरिका जादाँ अमेरिकासँग नजिक देखिने गरेको बताए ।

वैद्यले सरकारले मंसीर १४ गतेका लागि घोषणा गरेको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए ।

उनले चुनावलाई पार्टीले कार्यनीतिको प्रश्न मानेकोले यसलाई आवश्यकता अनुसार उपयोग गर्ने र उपयोग नगर्ने बताए ।

अहिलेको अवस्थामा उपयोग गर्दा फाइदा नहुने भएपछि बहिस्कार गर्ने रणनीति पार्टीले ल्याएको बताए । साथै आफ्नो पार्टी कुनै पार्टी संग एकता नचलेको बताउदै ध्रुवीकरणको सम्भावना भने हुन सक्ने बताए ।

साथै ‘विप्लव’ समूहको समस्यालाई राजनीतिक ढङ्गबटै समाधान गर्नुपर्ने पनि उनले बताए । सरकारले विप्लव समूहलाई प्रतिबन्धित गरेकोमा आपति जनाए ।