Gold
Bangad salyan

त्रिभुवन विमानस्थल आईतबारदखि ७ घण्टा बन्द हुँदै ,

भदौ १३ , काठमान्डौ – त्रिभुवन विमानस्थलको धावनमार्गको जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आउँदो आइतबार (सेप्टेम्बर १) देखि सुरु हुने भएपछि विमास्थल पुन : ७ घन्टा विमानस्थल बन्द हुने भएको छ ।

आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रिले बताए । यता वायुसेवा निगमले बिहीबारदेखि जापानको ओसाकालागि गरेको छ।

ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन हुने छ। निगमको उडान भएको दिन मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने छ,।‘साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने छ।’

महाप्रबन्धक क्षत्रीले भने ’नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन (जिर्णोद्वार) को काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ।

यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ। दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी-वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ।

यो भन्दा अगाडी (चैत ११ देखि असार १६ गतेसम्म) १० घन्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्वार) को काम गरिएको थियो। आयोजनाका अनुसार, अब घामपानीका कारण धावनमार्गको पिच उप्किने, जहाज होल्डमा राख्नुपर्ने समस्या छैन।

सबै कार्य समयभित्रै सकिए पुस १५ पछि काठमाडौं विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्न सकिनेछ।

प्राधिकरणले यो जिर्णोद्वार कार्य समाप्त गरे संगै अब भने २० वर्षसम्म २४ घण्टा विमानस्थल सुचारु गर्न मिल्ने छ ३ अर्ब ७८ करोड रुपैयाँमा चिनियाँ कम्पनीले गरेको ठेक्का यो श्रोत नेपाल सरकारकै हो।