Gold
Bangad salyan

पेस्तोल सहित माछापोखरीबाट सात जना पक्राउ ,,

भदौ २१ , काठमान्डौ – काठमान्डौको गोंगबु नजिक माछापोखरीबाट पेस्तोलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा माछापोखरीको हाई रेस्टुरेन्ट एण्ड डान्सबारबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका हरुबाट दुई थान चाईनिज पेस्तोल, चार राउन्ड गोली र एक किलो नक्कली सुनसहित ७ जना पक्राउ परेका छन् ।

पेस्तोल किन र के प्रयोजनको लागि बोकीएको हो भन्ने अनुसन्धान भईरहेको प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए।

लुटपाट चोरी डकैतिमा सामेल भयको हुन सक्ने प्रहरीले अनुसन्धान गरेको छ। पक्राउ परेका कसैको पनि परिचय खुलाईएको छैन ।