नेकपाका नेता वामदेव गौतम संगै कृषि मन्त्रिलाई पनि डेंगु ,,

भदौ २४ , काठमान्डौ – देशका विभिन्न मुलुकका ५६ जिल्लामा गरी ७० हजारभन्दा बढीलाई डेंगुको संक्रमण देखिएको छ।

गत जेठ महिनामा धरानबाट फैलीएको डेंगु प्रकोप अहिले काठमान्डौमा पनि महामारी बनेको छ नेकपा नेता बाम गौतमलाई पनि डेंगु भयको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

तर गौतमलाई देखिएको डेंगु भने सामान्य हो उनीमाथि ‘हेमोरेजिक तथा सक सिन्ड्रोम नदेखीएको चिकित्सकले जानकारी गरे उनले शनिबार सामान्य ज्वरो आएपछि टेकु अस्पतालमा स्वास्थ्य परीक्षणसँगै अन्य परीक्षण गराएका उनलाई डेंगु भयको थियो।

चिकित्सा स्रोतका अनुसार नेता गौतमलाई देखिएको डेंगु नेपालमै संक्रमण भएको हुन सक्ने उच्च सम्भावना छ। तेसै गरि कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगु लागेर अस्पताल भर्ना भएका छन् ।

मन्त्री खनाललाई बुधबार दिउँसोदेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए।

डेंगुले देशैभर महामारी फैल्याएको हुनाले सबैले डेंगुबाट बच्न सावधानी अपनाउनु पर्ने चिकित्सक बताउछन ।हाल सम्म डेंगुका कारण ५ जनाको ज्यान गैसकेको छ ।