राष्ट्र बैंकको निर्देशन २४ सै घण्टा एटिएममा सुरक्षा गार्ड खटाउनुहोस ,

असोज ९ , काठमान्डौ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई २४सै घण्टा एटिएम बुथमा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

नेपालमा बैंकको एटिएम ह्याकरहरु बढ्दो देखिएपछि एटिएम बुथमा निगरानी बढाउन सुरक्षा गार्ड खटाउन बैंकहरुलाई निर्देशन दिएको हो।

एउटै व्यक्ति एटिएम बुथमा आउजाउ भइरहने वा एउटै व्यक्तिले एकै पटक धेरै रकम झिकेको अवस्था देखिएमा वा धेरै समय बुथमा बिताएको अवस्थामा सुरक्षा गार्डले सम्बद्ध उच्च अधिकारीलाई जानकारी दिनुपर्ने ।

वा,कुनै शंकास्पद रुपमा रकम झिकेको पाइएमा तुरुन्तै सम्बद्ध पदाधिकारीहरुलाई खवर गर्न समेत राष्ट्र बैंकले निर्देशन गरेको छ ।

चाडपर्वका बेला बढी जोखिम हुने भएकाले पनि सतर्कता अपनाउनु पर्ने भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए।

त्यस्तै साइबर आक्रमण, अनाधिकृत पहुँच वा संकास्पद गतिविधि भएमा तुरुन्तै राष्ट्र बैंकमा जानकारी गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ।

यसअघिका प्रकरणमा पनि सुरक्षा सतर्कताकै कारण जोखिम बढ्न नपाएको मिश्रले टिप्पणी गरे। हिजो मात्र प्रहरीले एटिएम ह्याकर गर्ने १२ जनालाई सार्वजानिक गरेको छ।

लहानको कृषि विकास बैंकबाट उनीहरुले ४ करोड ७३ लाख रकम निकाली विभिन्न ब्याक्तिमा जम्मा गरेको खुलेको छ ।

तेस्तै भदौ १४ गते चिनियाँ ह्याकरले प्रणाली ह्याक गरी एटिएमबाट रकम चोरेका थिए। रकम चोरीमा संलग्न चिनियाँ पक्राउ परे पनि समस्या के हो भनेर अहिलेसम्म पहिचान भएको छैन।