Gold
Bangad salyan

गुर्भाकोट सुर्खेतमा थप एक जनालाई डेंगु ,

कार्तिक ७ , काठमान्डौ – गुर्भाकोट सुर्खेत ३ का ओबिलाल खत्रीलाई डेंगु फेलापरेको छ ।भारतको गुजरातमा मजदुरी गर्दै आएका खत्रीलाई डेंगु देखिएको गान्धिधाम जैन सेवा समिति अस्पतालले पुस्टि गरेको हो ,।

खत्री केहिदिन देखि बिरामी भएर उक्त अस्पतालमा उपचार गरिरहेका थिए ,।चेक जाँचको क्रममा खत्रीलाई डेंगु देखिएको गान्धी धाम अस्पतालका डा . महादेभ पटेलले बताए ।

केहि महिना अगाडीमात्र पनि गुर्भाकोट नगरपालिका ९ कि पम्फा बिकको काठमान्डौको ग्रांडी अस्पतालमा डेंगुभई उपचारको क्रममा मृतु भएको थियो। गत जेठमहिनामा धरानबाट फैलीएको डेंगुले नेपालका ६७ जिल्ला प्रभावित पर्यो ,।

लामो समयदेखि कर्णाली प्रदेशमा डेंगु फेलानपरेको सरकारले घोसना गरेपनि सुर्खेतको गुर्भाकोट मा भने ३ जनालाई डेंगु फेला परेको छ।