Gold
Bangad salyan

भारतमा मजदुरी गर्दै आईरहेका सुर्खेतका युवाहरुमा डेंगुको संक्रमण बढ्दो ,,

कार्तिक १४ , भारत – भारतको गुजरातमा काम गर्ने नेपालि युवाहरुमा डेंगुको प्रकोप बढ्दो देखिने गरेको छ ।

,साविकको कर्णाली प्रदेश सुर्खेत चिङ्गाड गाँउपालिका ५ अवालचिङ्का गोबिन्द रानालाई भारतको राजकोट गुजरातमा उपचारको क्रममा डेंगु सक्रमण रहेको अस्पतालले जानकारी गरेको छ।

भारतको गुजरातमा मजदुरी गर्दै आईरहेका राना केहिदिनदेखि बिरामी भई लअर्थ ल्याब्रोट्रिमा उपचार गराईरहँदा उनीमाथि डेंगु फेलापरेको हो ,।

केहि हप्ता अगाडीमात्र पनि सुर्खेत गुर्भाकोट ३ का ओबिलाल खत्रीलाई भारतको गुजरातमा डेंगु फेलापरेको थियो ,।

डेंगु गत जेठ महिनामा नेपालको धरानबाट फैलिदै नेपालका ६७ जिल्लामा महामारी फैलाउने गरेको थियो ,भने हाल सम्म नेपालमा डेंगुक कारण नेपालका विभिन्न जिल्लामा ११ जनाको मृतु भईसकेको छ।

हाल सम्म डेंगुको कुनै उपचार नरहेको चिकित्सक बताउछन, डेंगु देखिनासाथ् राम्रो र स्वस्थ आहार खाने गरेमा आफै सन्चो हुने जन स्वास्थ्यविज्ञ डा रविद्र समिर बताउछन ।,