Gold
Bangad salyan

धनुषामा बम बिस्फोट २ जनाको मृतु ४ घाईते ,

मङ्सिर २८ ,जनकपुर – धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, २५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

घटनामा चार जना घाइते भएका छन् । घाईते चारै जनाको अवस्था गम्भीर छ ,उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा मध्यरातमा बम विष्फोट भएको हो । विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

राजेश शाहको घर बाहिरको पोलमा संकास्पद वस्तु फेला परेको जानकारी पछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरिक्षक अमर कुमार दाहालमा नेतृत्व टोलि खटिएको थियो ,प्रहरीले त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा बमको छर्रा लागेको छ । बम कसले किन राख्यो भन्ने अहिले सम्म जानकारी खुल्न आएको छैन ,।

स्थानीयका अनुसार राजेश शाहले ब्याजमा पैसा लगाउने गर्दथे र मिटरब्याजीमा पैसा असुल्ने गर्दथे।मिटर ब्याजमा पैसा असुल्ने गरेको आरोपमा विप्लव समुहले बम पडकाएको हुन सक्ने पनि सबैले अनुमान गरेका छन् .घटनाको अनुसन्धान भईरहेको छ।