Gold
Bangad salyan

प्रचण्डलाई जुत्ता हान्ने युवक विप्लव समूह गतिविधिमा संलग्न रहेको खुलासा यस्तो छ विज्ञप्ति ,

फागुन १८ ,काठमान्डौ – आज राष्ट्रियसभा गृहमा नेकपाका अध्यक्ष प्रचण्डमाथि एक व्यक्तिले जुत्ता प्रहार गरे ।

जुत्ता प्रचण्डसामु आईपुगेन उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा जुम्लाका रतन तिरुवा भन्ने खुल्यो ।

उनले आफु सहिदको छोरा भएको र आफु आवेगमा आएर उक्ता कार्य गरेको बयान दिए ।सामाजिक सञ्जालभरि ठिक गर्यो भनेर समाचार छापीए र युवकलाई स्याबासी मिल्यो ।

तर रास्ट्रअध्यक्षमा यो कार्य भएपछि अनुसन्धान अगाढी बढ्यो ।अनुसन्धानमा उनका बाबु सहिदको सुचिमा नभएको खुल्यो ।

तर, माओवादीले तयार पारेको ११२२० जना सहीदको सूचीमा रतनका पिताको नाम छैन । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम छैन ।

रतन शहिदका छोरा हुन् वा होइन्न भनेर जुम्ला सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलसंग बुझ्दा रतनका बुबा भारत गएका बेला उतै बेपत्ता भएको तर रतनले सहिद भएको भनेर राज्यबाट विभिन्न लाभ लिइरहेको बताए।

रटानले आफ्ना बाबु माओवादी युद्दमा मारीएका हुन् भन्ने असत्य ठहर भयो र जुम्ला नेकपा जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर लेखेका छन् ।

जति निन्दा गरेपनि नपुग्ने अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहीद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन् ।

तेस्तै रतन तिरुवा जुम्लापनि पटक पटक अराजनीतिक कार्यमा समेत लागेको र उनलाई नेपाल प्रहरीले समते खोजिरहेको विज्ञप्तिमा भनिएको छ ।

तेस्तै उक्त व्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग सहित नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटि जुम्लाले जारि गरेको छ ।