प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सुरु ,

फागुन २१ ,काठमान्डौ – प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्ने काम सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि डा। प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले प्रत्यारोपण गर्नेछ ।

lekbesi

यो उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हो । प्रत्यारोपण गर्नु अगाडी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा विभिन्न विषयका विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ ।

प्रत्यारोपणको अगाडी प्रधानमन्त्रीको हिजो डायलासिस तथा ल्याव परीक्षणहरु गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै ठाँउ,ठाँउमा विभिन्न सुभचिन्तकले दिप प्रलोजन गरेका छन् भने राजनीतिक उच्च श्रोतका नेता कार्यकर्ताले हिजोदेखिनै भेटघाट र स्वास्थ लाभको कामना व्यक्त गरेका छन् ।