सिरहामा ९ जनालाई कोरोनाको आसंकापछि अस्पताल भर्ना ,
चैत ३ -सिरहा -कोरोना संक्रमणको आशंकामा सिरहाको ९ जनालाई थप उपचारको लागि जनकपुर पठाईएको छ ।
सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए ।
उनीहरु केहिदिन अगाडी भारतबाट फर्कीएका थिए । भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएको थियो लगायै उनीहरुलाई कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको हो।
उनीहरुमा देखिएको रुघा खोकीले गाँउमाने आतंकित थियो ।तेस्पछि हामीले उनीहरुलाई थप उपचारको लागि जनकपुर अस्पताल पाठाएका हौ कामतिले भने ।
रोजगारीको लागि भारत पुगेका उनीहरु केहि हप्तामात्र गाँउ फर्कीएका थिए ।फर्कीएलगतै उनीहरुमा देखिएको ज्वरो र रुघाखोकीले गाँउमा कोरोनाको आसंका फैलीएको थियो ।
गाँउभरि हल्ला फैलीएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको कामतिले जानकारी दिए ।

