भाउजु मार्ने देवर सार्वजानिक ,
चैत ३ -,तेरहथुम – आफ्नै भाऊजु मार्ने दुवै देवरलाई प्रहरीले सार्वजनिक गरेको छ ।
लिल्लाको आठराई गाउँपालिका-४ ईवा तीनसल्लेकी २८ वर्षीया विन्दा पुरीको हत्या गर्ने उनकै दुई देवर २५ वर्षीय बालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा प्रहरीले सार्वजनिक गरेको हो।
गत बिहिबार उनीहरुले लिनदिनको विषयलाई लिएर धारिलो हतियार प्रयोग गरि भाउजुको हत्या गरेको स्वीकार गरेको बयान दिएका हुन् ।
हत्या गरि फरार रहेका दुवै जनालाई झापाको बुधबारेमा फेला पारी इलाका प्रहरी कायालय इटहरी मार्फत् पक्राउ गरी जिल्लामा ल्याइएको प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले बताए।
भाउजुको हत्या गर्ने भन्दैयोजना बनाएर दुवै दाजुभाइ झापादेखि गाडी रिजर्भ गरेर विन्दाको घरमा आएका उनीहरुले पहिले विन्दालाई घाँटीमा डोरो कसेर हत्या गरेका थिए ।
बिचमा डोरी छुटेपछि आफुले साथमा ल्याएको धारिलो हतियारले घाँटी रेटेर विन्दाको हत्या गरेको अनुसन्धान बाट खुलेको डीएसपी प्रधानले जानकारी दिए।
पछिल्लो समय तराईका विभिन्न जिल्लामा अपराधिक घटना बढिरहेका छन् । ति मध्ये धेरै जस्तो आफन्त बाट घटेको र लिनदिनको विषयलाई लिएर घट्ने गरेको प्रधानले बताए ।

