नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’
चैत १५ ,काठमान्डौ – बाँकेको नेपालगन्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ ।
कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विमानमा भने हल्का क्षति भएको छ ।
जहाज अवतरण हुनेबेला चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ ।

