र्यापिड टेस्ट किटको गुणस्तरमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयको जवाफ ,
अमेरिका युरोपमा पनि यहि विधि मार्फत परिक्षन गरिरहेका छन् ,
चैत १९ ,काठमान्डौ – यापिड टेस्ट कीटको गुणस्तरको सन्दर्भमा विभिनन प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो धारणा विज्ञप्ति मार्फत जानकारी गरेको छ ।
चीनबाट आयात गरिएका स्वास्थ्य उपकरणमा आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अख्तियारीमा उजुरी समेत परेको छ ।
ढकालमाथि नियमित अनियमितता गरेको भन्दै समाचार आईरहदापनि ढकाल चुप बसिरहेको बेला उनीमाथि सांसदहरुलेनै उजुर गरेका हुन् ।
मन्त्रालयका विज्ञ सल्हाकार डा खेमबहादुर कार्कीले बुधबार विज्ञप्ति जारि गर्दै चीनबाट खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको भन्दै परिषद्ले कीट प्रयोग गर्न योग्य भनि सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भएपछि मात्रै प्रयोगका लागि वितरण हुने बताएका छन् ।
उनले मंगलबारको नियमित पत्रकार सम्मेलनमा र्यापिड टेस्ट कीटबारे सार्वजनिक गरिएको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेस्ट कीटसँग जोडी विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको पनि दावी गरेका छन् ।
सरकारले चीनबाट खरिद गरि ल्याईएको र्यापिड टेस्ट किड चीन सरकारले प्रमाणित गरेको किट भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अहिले अमेरिका युरोपमा पनि यहि विधि मार्फत परिक्षन गरिरहेका छन् ,
विज्ञप्तिमा जानकारी गराईएको छ ।
विज्ञप्तिमा अहिले बजारमा अवैध ढंगले र्यापिड कीट भित्र्याइ जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासोको आधारमा मात्रै सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिइ कीटको प्रयोग नगर्न निर्देशन दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।


