एक पटक कोरोन परिक्षन गर्दा पोजेटेभ देखिएन भनेर ढुक्क नहुनुहोस डा. रविन्द्र समिर ,
विपदको बेला उपचार नगर्ने अस्पताल होईनन पैसा छाप्ने मेसिन हुन् ,
चैत २२ ,काठमान्डौ – कुनैपनि व्यक्तिमा उच्च ज्वोरो ,सुख्खा लहरे खोकी सास फेर्न गारो भएको र स्पतालमा पुगेर परिक्षन गर्दापनि पोजेटिभ देखिएन भनेर ढुक्क नहुन जना स्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डे समिरले बताएका छन् ।
कोभिड १९ को नमुना संकलन गर्ने तरिका, त्यसको सुरक्षण बिधि, जांच गर्ने उपकरण, जांच गर्ने प्राबिधिकको क्षमता आदि धेरै कुराले फल्स पोजिटिभ वा फल्स नेगेटिभ रिपोर्ट आउनसक्ने डा. समिरले रंग दर्पणको कुराकानीसंग बताए ।
पटक -पकको जाँचमा रिपोर्ट पोजेटिभ आउने र पुन जाँचमा नेगेटिभ देखिएमा बिरामीलाई आईसोलेसन र घर परिवारलाई होम क्वारेन्टाइनमा राख्न सकिने उनले बताए ।
संकर्मित मुलुकबाट आएका कुनै व्याक्तिमा मिल्द जुध्दा लक्षन देखिएका छन् वा कोरोना परिक्षन गर्नव सुविधा नभएको ठाँउमा बिरामी छन् भने आईसोलेसन राख्न सकिने र गम्भीर देखिएमा अस्पताल भर्ना गर्नपनि समिरले आग्रह गरेका हुन् ।
ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मीलाई PPE को ब्यबस्था गरि उनीहरुलाई नमुना संकलन गर्ने तालिम दिनुपर्दछ । धेरै जस्तो नमुना संकलन गर्ने व्याक्तिले आफुलाई सरछ कि भन्ने डरले घांटी तथा नाकको स्वाब लिँदा भित्रसम्म पुर्याएर पर्याप्त नमुना संकलन नगरेका हुनसक्छन ।
उनीहरुलाई समुना संकलनम प्रोत्साहित गरि मेहनत गर्नेलाई थप इन्सेन्टिभको ब्यबस्था गर्न पनि डा .रविन्द्र पाण्डे समिरले बताए ।
कोरोना लक्षन देखिएर कुनैपनि व्याक्तिको मृतु भएको छ र उसको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि उसलाई सुरक्षित तरिकाले दाहासंस्कार गरि उनका परिवारलाई करिब २ हप्ता सम्म होम क्वारेन्टाइनमा राख्नपर्ने पर्ने उनले बताए ।
संक्रमित मुलुक लगायत भारतबाट कोरोना संक्रमणको डरले दशौ हजार नेपाली आफ्नो घरमा आएका छन् ति मध्ये अधिकासंलाई कोरोन असंक्रमण भएको छैन भनेपनि उनिहरिलाई कम्तिमा २ हप्ता अनिबार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने र किनु लक्षन फेलापरे अस्पताल वा आईसोलेसन केन्द्रमा राख्नपर्ने समिरले बताए ।
सरकारले गरेको लकडाउनको बेला सिमानाम हजारौ नेपाली जोखिममा छन् । कोहि कतै नाका खेत ,कालना ,जंगल नदीबाट छिरेको छ कि उच्च निगरानी गरि सिमानाका नेपालीलाई परिक्षन दिन सुरु गर्नपर्ने उनको माग छ ।
सिमानाबाट संकर्मित व्याक्ति नेपाल पसे अकल्पनीय क्षति हुनसक्ने भन्दै सिमानामा बाक्लो रुपमा सुरक्ष गस्ती बढाउनु पर्ने समिरले बताए ।
महाविपदकोबेला खानपिनमा लाग्ने देशद्रोहीहुन् उनीहरुलाई सरकारले ठाँउको ठाँउ कारबाही गर्नपनि उनले बताए ।
कोरोना जांच गर्ने उपकरण, PPE लगायत अत्यावश्यक औषधि उपकरण जिटुजी अर्थात Government to Government वा सेनामार्फत फास्ट ट्रयाक अपनाएर खरिद गर्नपर्ने र अघिल्लो सम्झौतामा हस्ताक्षर गर्ने, च्यानल मिलाउने लगायत व्यक्तिलाई पदमुक्त गरेर भ्रष्टाचारलाई निरुत्साहित गर्न पर्ने पाण्डेले बताए ।
सिमा नियमन गर्न लामो समय लाग्न सक्छ तेसैले यो वैशाखको मध्यसम्म लक डाउन कायम गर्नपर्ने र तेस्को लागि १ वर्षको लागि खाद्यान्न तथा औषधिको सरकारले जोको गर्न पनि उनले आग्रह गरे ।
कोरोनाले जति बेलापनी महामारीको रुप लिनसक्ने भन्दै सातै प्रदेशमा कम्तिमा ५०० वेडको अस्पताल वा मेडिकल,कलेजलाई खालि गरि कोरोना अस्पतालको रुपमा विकास गर्नपर्ने पनि समिरले बताए ।
सरकारले विपन्न वर्ग घरमा बस्न र बाटोमा नहिडनको लागि महिनाको १५ हजार नगद तथा ५० किलो चामलको जुकाट गर्नुपर्ने उनले बताए ।
तेस्तै शहरबाट गाँउजाने नागरिकलाई निश्चित समय मिलाएर घर फर्काउने ब्यबस्था पनि सरकारले गर्नपर्छ किन कि उनीहरु गाँउपुगेर खेतीपाती गरेर आफ्नो दुई छाकको जोहो गरुन ।
तेस्तै बिरामी भर्ना वा उपचार नगर्ने गुनासा आईरहेका छन् जसले गर्दा नागरिकले दुख पईरहेका छन् ।यस्ता बिरामी उपचार नगर्ने प्राईभेट अस्पतालको ईजाजत रद्दगरि रास्ट्रियकारण गर्ने काम सरकारले तत्काल गर्नपर्ने उनले बताए ।
विपदका बेला कम नलाग्ने अस्पताल अस्पताल होईनन पैसा छाप्ने मेसुन हुन् उनले भने । विपदको मौका पारेर कालोबजारी गर्नेहरुको नाम लिस्ट तयार पारेर अख्तियारी तथा न्यायालयमा उजुरी गरि तेस्ता व्याक्तिलाई सामाजिक बहिस्कार गर्नपनि डा. रविद्र पाण्डे समिरले बताएका हुन् ।
अहिले जीवन संरक्षण गरौँ, बिकास पछि गरौंला ।
जन स्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे समिर ,

