Gold
Bangad salyan

विश्वका दुई सय आठ देशमा कोरोना फैलियो ,

चैत २४ ,काठमान्डौ – चीनको वुहानबाट फैलीएको नोवेल कोरोना (संक्रमण कोभिड १९ ) अहिले विश्वका दुई सय आठ मुलुकमा फैलिसकेको छ ।

तेस्तै हाल सम्म विश्वमा कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ लाख नाघेको छ । अहिलेसम्म १२ लाख ७१ हजार आठ सय ७५ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख ६१ हजार चार सय २४ जना उपचारपछि निको भएका छन् ।

सङ्क्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेकाे छ भने ६९ हजार चार सय पाँच जनाकाे ज्यान गएको छ ।

तेस्तै अमेरिकाम गएको २४ घन्टामा हजार भन्दा बढीको ज्यान गैसकेको छ । अमेरिकामा अहिले सम्म ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ यो विश्वका २०८ मुलुकको बढी हो।

अमेरिकामा मात्रै अहिलेसम्म कोरोनाका कारण साढे ९ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै इटलीमा साढे १५ हजारभन्दा धेरै, स्पेनमा साढे १२ हजारभन्दा धेरै, फ्रान्समा आठ हजारभन्दा धेरैको ज्यान गएको छ ।