बाघमा पनि देखियो कोरोन संक्रमण ,
चैत २४ एजेन्सि- मानिसबाट अब जनावरमा पनि कोरोन संक्रमण फेला पर्न थालेको छ ।अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
ब्रोन्क्स चिडियाखानाका प्रमुख पशु चिकित्सक पल क्यालेले भन्छन हामीले थाहा पाए अनुसार जंगली जनावरमा फेला परेको यो पहिलो घटना हो ।
चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोभिड १९ को पुस्टि भएको हो । ब्रोन्क्स चिडियाखानामा अन्य ६ वटा बाघमा पनि कोरोना संक्रमण फेलापरेको बताएको छ ।
नामको बाघलाई सुख्खा खोकी लाग्ने गरेपछि अप्रिल २ तारिखमा कोरोनाभाइरसको परीक्षण गरिएको क्यालेले जानकारी दिए ।
चिडियाघरमा जम्मा सातवटा बाघ पशु चिकित्सकको निगरानीमा रहेका छन् । यी सबै निको हुने आशा गरिएको छ ।
यो संगै अगाडी जर्मन ,हङ्कंग र बेल्जियममा घर पालुवा जनावरमा कोरोन संक्रमण फेला परेको थियो ।

