काठमान्डौमा मौसम बदलि ,
चैत २९ ,काठमान्डौ – काठमान्डौमा दिउँसो मौसम बदलि भएको छ ।
बिहानदेखि मौसम सफा देखिएपनि दिउँसोबाट भने मौसम खराब संगै आकाश गर्जियने गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ ।
उपत्यकामा केहिदिन यता दिनमा मौसम सफा रहेपनि साँझ पख ह्वा हुरी चल्ने गरेको छ ।
अहिले मौसम पपरिवार्तन भईरहेको हुनाले स्थानीय वायुको प्रभाव परेको मौसमविद राजु प्रधानांगले बताए ।
राजधानी देखि हिमाली पहाडी जिल्लामा पनि आंसिक बदलि हुने र हावा हुरी चल्न सक्छ तर लामो समय रहदैन उनले भने ।

