राहत वितरणको नाममा सेलिब्रेटी बन्ने धेरै छन् ,PPE को नाममा सेतो मार्किन वितरण ,
वैशाख १ ,काठमान्डौ – विश्वमहामारीको रुपमा फैलीएको कोभिड १९ कोरोना संक्रमणले मनाजिवनलाईनै परास्त गर्ने हो कि भन्ने आम मानिसमा चिन्ता छ ।
विश्वका शक्तिशाली रास्ट्रले पनि यो भाइरस नियन्त्रण त के उपचार विधिपनि पत्ता लगाउन सकेका छैनन् ।,चीनको हुवेइ शहरबाट फैलीएको नोवेल कोरोना भाईरस हाल विश्वका २ सय बढी देशमा फैलिसकेको छ।
जसको प्रतक्ष असर नेपालमा पनि देखिन थालेको छ ।विश्वको जस्तो महामारी नेपालमा फैलिननदिन सरकारले लकडाउन गरेको छ ।
लकडाउनमा सरकारले अति विपन्न मजदुर नागरिक जसले साँझा विहान छाक टार्न सक्दैनन् तेस्तालाई राहत वितरण गर्ने घोषणा गरेको छ ।
तर विभिनन स्थानमा राहत विपन्न वर्गले नपाएको गुनासो आउने गरेको छ ।बल्कि गाडी वाला र गलामा सुनका सिक्री भिरेकाले राहत पाउने गरेका छन् ।
वास्तविक मजदुरसंग राहत किन्न पुगेन यो सबैको प्रश्न हो । तेस्तै विभिनन नगरपालिकाले राहतको नाममा कुहुईएको खाद्याना वितरण गरेर नागरिकको स्वास्थ्यमा खेलबाड गरेको पाईन्छ ।
संघिय सरकार प्रदेश सरकार संगै स्थानीय सरकारमा रहेका नगरपालिका र गाँउपालिका टोल टोलमा कोरोन राहत कोष खडा गरेको सुनिन्छ ।
तेती मात्र हैन नगरपालिकामा पार्टीगत कोष पनि खडा भएक छन् । सांचिकै भनौ भने नेपालमा कोरोनाको महामारी त अझै आएकै छैन तर नआउला भन्न पनि सकिनन् ।
राजनीतिक पार्टी होस् वा समाजसेवी उच्चपदसत जुनसुकै व्याक्तिले अहिले राहतको नाममा सेलिब्रेटी बन्न खोजेको देखिन्छ । राहत दिने एक जना छ भने फोटो खिचाउने १० जना देखिन्छन ।
कतिपयले भने व्याक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरि स्वास्थ्य संस्थामा पठाएक PPE काम नलाग्ने छन् । कोरोनाको महामारीमा नेपाल हो मन्मर्जी चल्छ।
PPE बिकाउन सकिन्छ भनेर कतिपयले भने कालो कपडा र सेतो मार्किनको पीपीई बनाउन थालेका छन् ।
क्रियापुत्र बसेका सबैले एक गाईको पुछर छुएपछि मृतकको स्वर्गमा बास हुन्छ भनेजस्तै राहत दिने एक फोटोमा अनुहार देखाउने सामाजिक संजालभरि देखिन थालेको छ ।
राहतको नाममा कालोबजारी समेत चलेको छ ।नगरपालिका भित्रनै यस्ता घटना छन् गुनासा आएका छन् ।कोठा कोठामा मानिस भोकै छन्। मानिसमा परेको संकट कसरि हटाउने भन्दापनि सेलिब्रेटी बनेर फोटो खिचाउन धेरै प्रस्तुत भएका छन् ।
लकडाउनले अहिलेपनि विभिन जिल्लामा नागरिक भोकै छन् ,बाटोमा रोएका छन् ।,सिमामा अलपत्र विदेश देखि स्वदेश सम्म नागरिकको पुकार कसले सुन्ला ।
कोरोना संक्रमणबाट विभिनन देशमा हाल सम्म १४ नेपालीको मृतु भईसकेको छ । जसका परिवारले कस्तो थियो हाम्रो मान्छे भनेर चिन्न पनि सकेनन यो कुनै मजाकको विषय होइन ।
पृथिवी ठप्प छ ,कोरोनाले विश्व आर्थिक संकटमा छ यो बेला सकिन्छ भने नागरिकलाई सक्दो र गुणस्तरस्तरको खाद्यान सहयोग गर्न जरुरि छ ।
गुणस्तर स्वास्थ्यसामग्री हस्तान्तरण गरौ जो परिस्थितिमा काम लागोस । नेपालमा हाल सम्म १४ जनामा कोरोना संक्रमण फेला परिसकेको छ ।
सरकारले गरेको लकडाउनलाई नागरिक संगको सामाजिक दुरी कायम गरौ राहतको नाममा भ्रस्टाचार नगरी सरकारले छानबिन समिति गठन गरि राहत वितरण समिति बनाई नागरिकको मन मुटुमा मलम लगाउने प्रयास गर्न जरुरि छ ।
लकडाउन समाप्त भयो भने थुप्रै संघसंस्था बैंकले जनता लुट्ने छन् ,नेपाली सबैको ऋणी छन् ए क महिनाको कोठा भाडा सरकारले तिर्छु भनेपनि मालिकले अग्रिम भाडा लिसकेका छन् ।कोरोना महामारीले नेपालको रेमिट्यान्स बन्द भयो बाँच्न सक्ने आधारनै छैन ।
ठुला ठुला धनि व्याक्ति बैंक भरि पैसा राखेर मासिक ब्याज खान्छन विदेशका वैंकमा रकम जम्मा छन् गरिबको घरमा आगो बल्दैन ।
थुप्रै नागरिक आक्रान्त छन् जो भोलि आन्दोलनको रुपमा परिणत हुनसक्छन कोरोनाले महामारी लिनसक्छ त्यो बेला नेपाल सरकारले धान्न सक्ने भन्ने प्रश्ननै उठ्दैन ।

