नेपालमा कोरोनाको तेश्रो चरण सरकारले नागरिकमा खेल्नपर्ने मुख्य भूमिका यी हुन् ,
डा .रविन्द्र पाण्डे समिर ,
वैशाख २ विश्वमा महामारीको रुपमा फैलीएको कोरोना संक्रमण नेपालको यो तेश्रोचरण हो । संक्रमणको तेश्रो चरण प्रवेश गर्दैगर्दा नेपालमा थप चुनौती देखिन्छ ।
नेपालमा यो चरणलाई रोक्नको लागि भने सरकारले थप फरक ढंगले ब्यबहारका साथ् कदम चाल्नपर्ने जन स्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे समिरले बताएका छन् ।
सरकारको काम कारवाहीलाई ध्यानमा राख्दै नागरिकले असल जिम्मेवारीको भूमिका खेल्न पर्ने पनि समिरले निर्देशन गरेका हुन् ।
कोरोना संक्रमित व्याक्तिलाई थप राम्रो संग उपचार गर्ननसके देशमा कठिनाई हुनसक्ने देखिन्छ ।
पछिल्लो समयमा सरकारले स्वास्थ्य संस्थालाई उपलब्ध गराएका PPE लगायतका स्वास्थ्य सामग्री सुरक्षित तथा उच्च मनोबलयुक्त बनाउन पर्ने समिरले बताए ।
सरकारले प्रयोग गरिरहेका र्यापिड डायग्नोस्टिक टेष्ट प्रभावकारी नभएको देखिन्छ ।जसमा हिजो कैलालीको घटनाबाट पनि प्रस्ट थाहा हुन्छ ।
क्वारेईनटाईनमा बस्दै आएकी ति महिलालाई यापिड डायग्नोस्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएपनि पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ ।
यसरिनै कोरोना नेगेटिभ र पोजेटिभको घटना निक्लादै गर्ने हो भने नेपालमा ठुलो समस्या पर्ने समेत समिर बताउछन ।
हाल सम्म नेपालमा १४ जनामा कोरोना संक्रमण फेला परेको छ बढ्नसक्ने स्पस्ट धारणा छ ति मध्ये एक जनाभाने ठिक भएर घर फर्किसकेका छन् ।
संक्रमित थप १३ जनाको उपचार भईरहेको छ भने क्वारेईनटाईन र आईसोलेसनमा बसेका हरुको रिपोर्ट आउन बाँकी छ ।
नेपालमा कोरोनाको तेश्रो चरणमा सरकारले नागरिक संग खेल्नसंक्ने मुख्य भूमिका रुपमा जन स्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डे समिरले बताएका छन् ,
१- हरेक स्थानीय निकायले उच्च ज्वरो, सुख्खा लहरे खोकी तथा सास फेर्न गाह्रो भएका व्यक्तिलाई अनिबार्य २-३ हप्ता क्वारेन्टाइनमा राख्ने । परिक्षण पर्खेर नबस्ने ।
२ – RDT अर्थात किटले ३० % गलत रिपोर्ट देखाउन सक्छ । तसर्थ माथिका लक्षण छन् तर किटमा नेगेटिभ आयो भने पनि २-३ हप्ता क्वारेन्टाइनमा बसौं । त्यो फल्स नेगेटिभ हुनसक्छ ।
३ – RDT पोजिटिभ आयो तर लक्षण देखिएन भनेपनि क्वारेन्टाइनमा बसौं ।
४ – PCR मा पोजिटिभ देखिएमा आइसोलेसनमा राखौं । लक्षण देखिएको छ तर PCR नेगेटिभ देखिएमा होम क्वारेन्टाइनमा बसौं ।
५ – हरेक स्थानीय निकायले आफ्नो पालिकामा कोरोना अस्पताल / ज्वरो तथा रुघाक्लिनिक तोकौं, निर्माण गरौँ ।
६ – हरेक प्रदेशले प्रत्येक जिल्ला सदरमुकामका कोरोना अस्पताल तथा जनरल अस्पताल तोकेर तदनुसार सेवा संचालन गरौँ । निजि अस्पतालमा बाध्यकारी ब्यबस्था गरौँ ।
७ – स्वास्थ्यकर्मीलाई गुणस्तरीय PPE लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएर सुरक्षित तथा उच्च मनोबलयुक्त बनाऔं ।
८ – अबका दिनहरुमा कोरोना संक्रमणको संख्या बढ्दै जानेछ । भौतिक तथा मानसिक रुपमा तयार बनौं । कोरोनाको मृत्युदर निकै कम छ । हामी कोरोनासंग लड्न सक्छौं ।
९ – लक डाउनलाई कर्फ्युको स्तरमा कडा गरौँ । बिहान, बेलुका र भित्री बस्तीमा प्रहरी परिचालन बढाउने ब्यबस्था गरौँ । उल्लङ्घन गर्नेलाई फाइनको ब्यबस्था गरौँ ।
१० – आइसोलेसन र क्वारेन्टाइनबाट मान्छेहरु भाग्ने क्रम रोकिएको छैन, त्यसैले त्यस्ता केन्द्रमा प्रहरी खटाऔं । क्वारेन्टाइन सेन्टरलाई बसौं बसौं लाग्ने बनाऔं । जेलजस्तो नबनाऔं ।
११ – हामी नागरिकले राजनैतिक विवाद गरेर सामाजिक संजाल प्रदुषित नगरौं । सबैजना जनजागरणमा लागौं । भ्रष्ट्राचार / ढिलासुस्ती जहाँ हुन्छ, खबरदारी गरौँ । यो राजनीति गर्ने समय हैन, आफु बाँच्ने र आफन्तलाई बचाउने समय हो ।
१२ – निम्न आय भएका व्यक्तिलाई सबैले सहयोग गरौँ । कसैले खान नपाए, बस्न नपाए, बिरामी भए नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा गएर आफ्नो समस्या राखौं । तर धेरै दिन हिंडेर गाउँ जाने जोखिम नबोकौं ।
१३ – भ्रष्ट्राचार तथा कालोबजारी गर्ने जो सुकै होस्, तत्काल बर्खास्त तथा कारबाही गरौँ ।
१४ – १ बर्षको लागि दैनिक उपभोग्य सामान तथा औषधिको स्टक प्रत्येक प्रदेशमा राखौं ।

