Gold
Bangad salyan

सुर्खेतबाट धनगडी प्रयोगशालामा पठाएक दुई जनामा देखियो कोरोन पोजेटिभ ,

वैशाख ४ ,काठमान्डौ – सुर्खेत प्रदेश अस्पतालबाट धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

दुवै युवा केहिदिन अघि भारतबाट आएका थिए ।उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि स्वाब परीक्षणका लागि काठमाडौं पठाइने भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला धनगढीले कर्णाली प्रदेशको क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई स्वाब संकलन गरेर काठमाडौं पठाउनका लागि पत्राचार गरेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख एवं कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए

कर्णाली प्रदेश अस्पतालमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले बताए । उनीहरु दुवैलाई अहिले होम क्वारेईनटाईनमा राखीएको छ ।