जनकपुरमा पैसा फाल्दै हिडेका दुई महिला पक्राउ अनुसन्धान सुरु ,
वैशाख ६ ,जनकपुरधाम – हिजोमात्र सडकमा पैसा फाल्दै हिड्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् ।
जनकपुर ४ महावीर चोकमा सडकमैं पैसा फाल्दै हिँडेकी दुइ महिलाको फोटो सामाजिक संजालभरि भाईरल भएको २४ घण्टा भित्रै आज धनुषा प्रहरीले ति महिलालाई पक्राउ गर्न सफल भएको हो ।
महावीर चोकमा दुई जना महिलाले सडक र पसल नजिक पैसा फालेर भागेपछि स्थानिय त्रसित बनेका थिए ।
शुक्रबार एकबजे तिर दुई जनाले १० रुपैयाँका नोट फालेर भागेका थिए लगतै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर गरे लगतै धनुषा प्रहरीले नजिकै रहेको एक घरको सीसीटिभी फुटेजको सहयोगले अनुसन्धान थालेको र आज ति दुई महिलालाई नियंत्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीले महिला पक्राउ गरेको र अनुसन्धान गरिरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेशवर कार्कीलेले बताए ।
कार्कीले छरिएको नोट कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकाले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयमा राखेर बयान लिने काम भईरहेको र थप पछि बताउने उनले जानकारी गरे ।

