भारतमा एक नेपाली महिलाको मृतु ,
वैशाख ७ ,भारत – भारतमा एक नेपालि महिलाको मृतु भएको छ । अछाम कमलबजजार नगरपालिका वडा न. ९ हाल कैलाली लम्कि चुहा नगरपालिका ६ तिल्खाकि निर्मला रावतको भारतमा मृतु भएको हो ।
भारतको पुणे धानोरिमा काम गर्दै आईरहेकी रावतको महाराष्ट्र पुणे ससुन हष्पिटलमा उपचारको क्रममा निधन भएको उनका देवर पारस रावतले बताए ।
मृतक निर्मला तिन वर्ष पहिलेबाट देब्रे खुट्टाको क्यान्सर बिरामी भएको पारसले जानकारी दिए ।
बिगत तिन बर्षबाट भारत महाराष्ट्र पुणेको ईन्द्रेणि हस्पिटलमा उपचार गरीरहेकी निर्मलालाई हाल सम्म १२ लाख खर्च भईसकेको उनका श्रीमान् मनोज रावतले बताए ।
केहि दिन अघिबाट सिकिस्त बिरामी भएपछि ईन्द्रेणि हस्पिटलले पुणेको ससुन हष्पिटलमा पठाएको थियो ।
उपचारको क्रममा हिजो राति दुई बजे अस्पतालले निर्मलालाई मृतक घोषित गरेको थियो । रावत मष्टावण्डालि सामाजिक समाज कोषकि कोषाध्यक्ष समेत रहेकी थीइन ।
३३ वर्षको उमेरमा ज्यान गुमाएकि निर्मलाको श्रीमान् ,१२ वर्षका एक छोरा र ९ , ७ वर्षकी गरेर दुई छोरी छन् । उनको शवलाई आजै दाहस्संस्कार गरिएको पारसले जानकारी दिए ।

