Gold
Bangad salyan

पुर्व माओवादीका मन्त्री सबै प्रचण्ड निवास खुमलटार पछि वालुवाटारमा ,

वैशाख ८ ,काठमान्डौ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वमाओवादीका सबै मन्त्रीलाई खुमलटारमा बोलाएका छन् ।

तेस्तै पूर्वएमालेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएका छन् ।

आज मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री वर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए।

विश्वमा कोरोना महामारीकै बेला सरकारले किन यस्तो अध्यादेश जारि गर्यो त के प्रधानमन्त्री ओलीले नेकपा फुटाउन चाहेका हुन् भने विषयमा सबैको प्रश्न उब्जेको छ । अहिले ५ : ३० बजे वालुवाटारमा नेकपा सचिवालयको बैठक बसिरहेको छ ।