Gold
Bangad salyan

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या पचास हजार नाघ्यो ,

वैशाख १३ ,काठमान्डौ – कोरोना संक्रमणबाट अमेरिकामा मृतु हुनेको संख्या ५० हजार नाघेको छ ।

जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार बढीको मृत्यु भएको थियो ।

यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार ९ सय पुगेको छ । हाल सम्म अमेरिकामा ८ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित छन् ।

कोरोना संक्रमणबाट मृतु हुनेदेशमा हाल सम्म अमेरिका उच्चमा देखिन्छ ।अमेरिकामा अहिले पनि दैनिक मृतकको संख्या उच्च रहेको बीबीसीले जनाएको छ ।