Gold
Bangad salyan

रुकुममा १० दिनमै ८ कोठाको सुविधा सम्पन्न अस्पताल निर्माण ,

बैशाख १४ काठमान्डौ – रुकुमको आठबिसकोट नगरपालिकामा १० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माण भएको छ ।नगरपालिकाले स्थानीयको सहकार्यमा सुविधा सम्पन्न सहितको अस्पाल निर्माण गरेको हो ।

पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्माले अस्पताल निर्माणको काम १० दिनमै सकिएको जानकारी दिएका छन् ।

शर्माले गरे पछि के हुन्दैन र दिन रात भवन निर्माणको कार्यमा जनता नै शक्तिका श्रोत हुन भनेर आफुले १० दिनमानै आइसोलेसन भवन निर्माण गर्ने प्रतिबदता अनुसार काम गरेका थिए । तोकेकै समयमा उक्त भवन निर्माण भएको छ ।

अस्पताल निर्माणको काम सम्पन्न भएलगत्तै नेता शर्माले अभियानमा खट्ने जनता, पार्टी कार्यकर्ता र नगरपालिकालाई बधाई दिएका छन् ।