Gold
Bangad salyan

प्रधानमन्त्री ओली म राजिनामा दिन्न ,

बैशाख १६ काठमान्डौ – प्रधानमन्त्री ओलीले आफुले राजिनामा नदिने बताएका छन् । नेताले असहयोग नीति बनाएपनि पदबाट राजिनामा नदिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

आफुले राम्रो काम गर्दा गर्दै नेताले असहयोग नीति ल्याउने आफुलाई घेराबन्दि गर्ने भएको छ तर म राजिनामा दिन्न ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी भित्र मन्मर्जि काम गरेको भन्दै पार्टी भित्रैबाट चर्को विरोध र राजिनामा समेत माग्ने बताउने गरेको खबर बाहिरिएका छन् ।

ओलीले आफु निकटका नेताहरुलाई परिचालन गरि सोमबार माधव कुमार नेपाल पक्षलाई फकाउने कोसिस गरे ।

तर सचिवालयको बैठक बसाल्न पर्ने र कसको कँहा गल्ति छ तेही राख्ने र अगाडी बढ्ने भनेपछि ओलीको सपना असफल भयो ।

लगत ओलीले आफू निकट सांसदहरूसँग छलफल गरेका थिए र मिलेर जान आग्रह गरेका छन् । ‘म राजीनामा दिन्न तपाईहरूले मलाई सहयोग गर्नुपर्‍यो’ ओलीसंग छलफलमा बसेका काठमाडौं ३ का सांसद कृष्णबहादुर राईले जानकारी बताए ।

मिलेर जान भनेपनि दाहाल र नेपाल त्यो दिशामा अझै नदेखिएको भन्दै पार्टीमा भोलि जे सुकै अवस्था आइ लागे पनि सामना गर्ने गरी तयारी अवस्थामा रहन सांसदहरूलाई ओलीले निर्देशन दिएका थिए।

बालुवाटार भेलामा ओली निकट करिब दुई दर्जन भन्दा बढी सांसद उपस्थित थिए। भेलाका सहभागी सांसदका अनुसार ओलीले सक्दा माधव नेपाललाई फकाउने र त्यसो गर्न नसके संसदीय दलमा बहुमत सांसद पुर्‍याएर आफूलाई हटाउन चाहने सम्भावित तयारीको चुनौति दिने रणनीति बनाएका छन्।

प्रतिनिधि सभामा नेकपामा १७४ सांसद छन्। ओली पक्षका झण्डै ७५ जना सांसद खुलेको बुझाइ बालुवाटारको छ। संसदीय दलमा बहुमत पुर्‍याउन ओलीलाई थप ८८ जना सांसदले साथ दिनु पर्छ।

ओली १० देखि १५ सांसद दाहाल र नेपाल पक्षबाट तान्न सकिने विश्वासमा छन्। दाहालसँग ५३ र नेपालसँग ४० देखि ४५ जना सांसद छन्।

ओली निकटका केहि नेताहरुले भने उनलाई सहयोग नगर्ने बताएका छन् ।पूर्व माओवादी धारका नेता तथा अहिलेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि भेलामा सहभागी थिए।