कांग्रेस केन्द्रिय बैठकमा बोल्यो पार्टी तोड्न सांसद अपहरण गर्ने बाहुवली बन्ने ,
बैशाख १७ काठमान्डौ – सरकारले पछिल्लो चरणमा गरेका कार्य र नेकपाभित्र आन्तरिक विवादको प्रतिपक्षि दल नेपालि कांग्रेसले कडा आलोचना गरेको छ ।
आज बुधबार बसेको केन्द्रिय समितिको बैठकमा स्वास्थ्य समाग्री खरिदमा भएको घोटला अध्यादेश प्रकरणसम्म आईपुग्दा सरकारले बैधता गुमाएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुले सरकारप्रति विरोध गरेका छन् ।
बैठकले पछिल्ला घट्नाक्रममा राष्ट्रतिको भूमिकासमेत निष्पक्ष र संवैधानिक मर्यादाभित्र नभएको बताएको छ ।
बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य, गगन थापा, प्रदीप पौडेलल लगायतले सरकारको कडा विरोध गरेका थिए ।
तेस्तै देश अहिले कोरोना संक्रमणको महामारीसंग जुधिरहेकोबेला कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको उपचार र राहतलाई केन्द्रमा राखी बजेट विनियोजन गर्न काँग्रेसले माग गरेको हो ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद सुचारु गर्न पनि काँग्रेसले माग गरेको छ ।
कांग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेलले पार्टी तोड्न सांसद अपहरण गर्ने बाहुवलीहरु खटाउने जस्ता कार्य गर्ने प्रधानमन्त्रीलाई किन भन्न नपाईने पौडेलले भनेका थिए ।
सरकारले लकडाउनमा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउने काम प्रभावकारी नभएको र स्वास्थ्यकर्मीहरुलाई पिपिई अगायतका अत्यावश्यक सामग्री अभाव भएको काँग्रेसले जनाएको छ ।
तेस्तै बिदेशमा रहेका नागरिकलाई उद्दार गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने कांग्रेसले माग राखेको छ ।
काँग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।