प्रधानमन्त्रीको आलोचना गरेको भन्दै बाबुराम भट्टराईविरुद्द जाहेरी ,
वैशाख २३ ,काठमान्डौ – समाजवादी पार्टीका अध्यक्ष पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको आलोचना गरेको भन्दै साइबर क्राइम अभियोगसहित सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता भएको छ।
गत साता भट्टराईले रेडियो नेपालमा दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीलाई भष्मासुर भनेर सामाजिक प्रतिष्ठा र इज्जतमा धक्का पुर्याएको दाबीसहित जाहेरी दर्ता गरिएको छ ।
महानगरीय प्रहरी परिसरले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जिल्ला सरकारी वकिलकहाँ जाहेरी दर्ता भएको हो।
यसैबीच, पूर्वमन्त्री महेश बस्नेत, नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान आइजीपी सर्वेन्द्र खनालविरुद्ध सांसद डा. सुरेन्द्र यादवले अपहरण तथा शरीर बन्धकको जाहेरी परेको छ।
उक्त जाहेरी पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबारै दर्ता भएको हो।
तेस्तै सांसद यादवले आफूविरुद्ध कपोलकल्पित आरोप लगाएको भन्दै सोमबार नै पूर्वमन्त्री बस्नेत, सांसद श्रेष्ठ र निवर्तमान आइजीपी खनालले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्।

