Gold
Bangad salyan

चन्द समूहका नेता अनिल शर्मा अस्पतालबाट पक्राउ,

वैशाख २३ ,चितवन – सरकारले प्रतिबन्ध गरेको नेत्र विक्रम चन्द समूहका नेता चितवन निवासी अनिल शर्मा बिरही मंगलबार पक्राउ परेका छन् ।

ढाडको उपचारका लागि भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल आएका शर्मालाई अस्पतालबाटनै पक्राउ गरिएको अस्पताल श्रोतले जनाएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालालेका अनुसार भने आफु कामको शिलसिलामा बाहिर रहेको र यो विषयमा डिटेल जानकारी नबुझेको बताए। आफु कार्यालय पुगेपछि थप जानकारी लिने र दिने उनले बताए।