प्रधानमन्त्रिले रारा बाट जनताको नाममा सम्बोधन ,,
१ वैशाख, काठमाडौं – नयाँ वर्षको उप्लक्षयमा प्रधानमन्त्री केपी ओलीले आज रास्ट्रको नाममा सम्बोधन गर्नु भयको छ ।, कर्णालीको रमणीय रारा तालको डिलमा बसेर नयाँ वर्षको झुल्के घामसँगै रारा ताल नजिक एउटा कुर्सी राकेरा तेही कुर्सिको एक छेउमा दायाँतिर नेपालि झण्डा राखेर प्रधानमन्त्री ओलीले जनताको नाउँमा सम्बोधन गर्नु भयको हो । आउदो वर्ष बाट वार्षिक १ लाख देखि २ लाख सम्म पर्यटक भित्र्याउने समेत ओलीले मन्तव्यमा बोलेका छन्
स्थानिय हिडिरहेको छेउमा सेनाको हेलिकोप्टर मन्त्रि हरु छेउमा भयको बेला प्रधानमन्त्री ओलीले देशवासीको नाममा भावना मिश्रित १८ पन्ने लिखित सम्वोधन देशबासीका नाममा गरेका छन् । प्रधानमन्त्रीले भन्दै आएको विकास, समृद्धि, तीब्र गतिको विकास, भ्रष्टाचारको अन्त्य लगायतका विषयहरु भाषणमा समेटिएका छन् । साथै ओली ले आजकै दिन आफु तेह्रथुमको मध्यमवर्गीय परिवारमा जन्मिएकोसमेत बताए ।
प्रकृतिको रमणीय वक्षस्थलमा पुगेका कारणले हुनुपर्छ, प्रधानमन्त्रीको भाषणमा सौन्दर्यरस र सपनाहरुको मिश्रणमात्रै हैन, महानन्द सापकोटाको कवितासमेत कोट गरिएको छ । साथै हिजो शुक्रबार राराको दिलमा कर्णाली प्रदेशको क्याबिनेट बैठकमा प्रधानमन्त्री र काठमान्डौ बाट सामेल भयका मन्त्रिहरुको सहभागिता थियो।