नेकपा सचिवालय बैठकमा चर्काचर्की प्रधानमन्त्री ओली बाहिरिए,

वैशाख २४ काठमान्डौ – नेकपा सचिवालय बैठकमा दुवैपक्षबीच चर्काचर्की भएको छ ।

बालुवाटारमा भर्खर जारि बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् ।

बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लागेको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।भोलि पार्टीको स्थायी कमिटि बैठक बस्दै छ ।