कोरोना रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश निषेध,
वैशाख २५ ,काठमान्डौ – वैशाख २६ गते संसद अधिवेशन सुरु हुँदै छ । तेस्को लागि सांसद हरुको स्वाब संकलन सुरु भएको छ ।
सहभागी हुने सांसदले आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन्।
सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएर मात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो ।
रिपोर्टमा कसैलाई संक्रमणको आसंका फेलापरेमा बैठकमा सहभागी हुन पाइने छैन ।संघीय संसदका दुवै सदनका सांसदहरुको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।
तेस्तै काठमान्डौ बाहिर रहेका सांसदहरुको स्वाब संकलन शुक्रबार विहानै देखि परिक्षन सुरु हुनेछ ।
उनीहरु रिपोर्ट नआई संसद बैठकमा भाग लिन नपाउने भएकाले राजधानी बाहिर रहेका धेरै सांसद शुक्रबारको बैठकमा भाग लिनबाट वञ्चित हुने सम्भावना छ ।
अहिले नेपालमा जताततै लकडाउनको अवस्था छ ,सांसदहरु आफ्नो विभिनन क्षेत्रमा राहत र मेडिकल सामाग्री लिएर गाउँ गाउँ पुगेका छन् ।
सचिवालयले राजधानी बाहिर रहेका सांसदहरुलाई पनि स्वाब संकलनका लागि बोलाइसकेको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद अधिवेशन शुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय समेत गरेको छ ।
तेस्तै संसदमा प्रवेश गर्दा चस्मा ,लगाउन नपाईने भएको छ भने कलम ,डायरी ,र औषधिपनि निषेध गरिएको छ ।

