विवाहमा दाईजो माक्स र सेनिटाइजर् ,
वैशाख २६ ,पोखरा – कोरोना भाईरसको महामारीबीच एक जोडीले विवाह गरेका छन् ।
विवाहमा बेहुली पक्षले बेहुला पक्षलाई दाईजो उपहार नभइ मास्क र सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री दाइजोका रूपमा दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा ३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा दुवै पक्षका घरपरिवारका सदस्यको मात्रै उपस्थिति थियो ।
उनीहरुले सामाजिक दुरी कायम राख्दै विवाह सम्पनन गरेका हुन् ।संस्कार र संस्कृतिको संरक्षण गर्दै परम्परागत चलि आएको दाइजो प्रथालाई तोड्दै दुवैपक्ष बीच विवाह तडक भडक नगर्ने सहमतिपछि विवाह भएको हो ।
विवाहको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक संघ संस्थालाई रु पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

