Gold
Bangad salyan

आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान नारायणकाजीको आग्रह,

वैशाख ३१ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् ।

बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत् नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका हुन्।

श्रेष्ठले आफुलाई खतरा महसुस नगरेको र आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।मैले पुर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुबिधा सुरुदेखि नै लिइन ।

सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर, गत चुनावअघि राज्यको सुरक्षा स‌ंयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।

‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भनेपनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ ।

त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना।

पछिल्लो समय सुदूरपश्चिमी भूभागमा चर्चिकएको सीमा विवादसँगै सीमा सुरक्षाको लागि अपुग भएको खण्डमा राजनीतिक दलका नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने बारेमा चर्चा चलिरहेको बेलामा श्रेष्ठले आफ्ना सुरक्षाकर्मी फिर्तागर्न आग्रह गरेका हुन् । श्रेष्ठलाई राज्यले १२ जना सुरक्षाकर्मी उपलब्ध गरा एको छ ।