सांसद विकास कोष खारेज गर्न जनार्दन शर्माको माग,
जेठ २ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टीका सांसद पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेका छन्।
शर्माले ट्वीटमार्फत भनेका छन् राष्ट्रको समग्र विकासको मूल रणनीतिभित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन।
यो कार्यक्रम खारेज गरेर हरेक निर्वाचन क्षेत्रमा जाने ६ करोड रुपैयाँ अन्य क्षेत्रमा लगाउन माग भइरहेका बेला सांसद शर्माले यस्तो माग गरेका हुन् ।
राष्ट्रको समग्र विकासको मुल रणनीति भित्र सबै समेटीने गरी काम गरौं ।
छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन।।— Janardan Sharma (@JSPrabhakar) May 15, 2020

