Gold
Bangad salyan

किसानको लागि मकै बारी प्यारो ,

जेठ ४ ,काठमान्डौ – नेपाल कृषि प्रधान देश हो कृषिमा आधारित नेपालि नागरिकहरु मौसम अनुसार अहिले विभिन्न खेति बालि लगाउने चटारोमा छन्।

भौगालिक परवेशको आधारमा नेपालका विभिन्न प्रदेशमा बर्षेनी फरक फरक बालि किसानले लगाउने र भित्राउने गर्दछन।

सामान्यता अहिले मौसमलाई हेर्ने हो र भौगोलिक क्षेत्रलाई नियाल्ने हो भने किसानले गँहु बालि काट्ने बेला रहेपनि यो वर्ष छिट्टै विभिन्न जिल्लामा मकै गोडमेल सुरु भएको छ।

मकै करिब ति देखि ४ पटक सम्म किसानले गोडमेल गर्ने गर्दछन। यो वर्ष नेपालमा पश्चिमी वायु र बंगालको खाडीबाट भित्रिएको बास्पयुक्त वायुले नेपालका विभिन्न जिल्लामा भारि असिना पानि समेत पर्ने गर्यो।

धेरै ठाँउमा गँहु बालि काट्ने भित्र्याउने जमर्को छ भने अहिले धादिङ्ग जिल्लाको विभिन्न क्षेत्रमा मकै गोडमेल चलेको छ।

टनटलापुर् घाममा किसानले मकै गोडमेल गरेको देखिन्छन। उनीहरु दैनिक जसो परिमो लगाउने बिहान देखि साँझ सम्म मकै गोडमेल गर्ने गर्छन।

टाढा टाढासम्म रहेका खेत बारीमा कुटो कोदाली काँधमा राखेर मकै गोदना जाने र खेत बारीमानै खाना अरनि खाने चलन निकै प्यारो मानिन्छ।

तस्विर धुर्ब थापा मगर धदिङ्ग ,