Gold
Bangad salyan

दिन दुखिको घरमा खाद्यान बोकेर पुगिन गायिका अमृता लामिछाने ,

जेठ ५ – लकडाउनको बन्दाबन्दि प्रभावले गरिब दिनदुखीको घरको चुलोमा आगो बल्लना छोडेको छ।

कोरोन रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन गरेको आज ठिक ५६ दिन पुगेको छ।

दनिक श्रमजीवी गरि खाने वर्ग निकै पिडामा छन्। यस्तो बेला पिडितको घरमा गायिका अमृता लामिछानेले आफ्नो ब्याक्तिगत खर्चमा खाद्यानन लगेर पुगेकी छिन।

सुर्खेत बराताल गाँउपालिका ५ सुन्दुवारी टोलमामा रहेका अति विपन्न वर्गलाई उनले आफुले सक्दो सहयोगमा खाद्यान उपलब्ध गराएकि हुन्।

१३ घर परिवारलाई प्रति परिवार एक बोरा चामल ,एक केजी दाल ,एक पोका तेल र एक केजी नुन वितरण गरेको अमृताले रंग दर्पणलाई बताईन ।

वडा अध्यक्ष तिलक मर्साङ्गी, सुरक्षाकर्मी दिपक शाही,नबराज लामिछाने, छबिलाल कडेल,तिलक लामिछानेको उपस्थिथिमा गायिका अमृता लामिछानेले खाद्याना वितरण गरेकी हुन्।

गत चैत ११ गतेबाट गरेको लकडाउन जेठ २० गते सम्म सरकारले निरन्तर लागु गरेको छ।

हाल सम्म नेपालमा ३०४ जना कोरोना संक्रमित फेला परेका छन् भने २ जनाको मृतु भईसकेको छ।