उपचाररत कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालको विज्ञप्ति ,
जेठ ७ ,काठमान्डौ – रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका संक्रमितको मृतु नभएको क्रिमसन अस्पताल जानकारी गरेको छ।
बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले बिरामीको मृतु नभएको र भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ।
यो भन्दा अगाडी उनको मृतु भएको भनेर सामाजिक संजालमा समाचार सम्प्रेषण गरिएको हल्ला भएको अस्पतालले विज्ञप्ति मार्फत बताएको छ।
गुल्मी मदाने गाउँपालिकाका वडा नं ६ निवासी ४१ वर्षीय पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।भर्ना गर्दापनि उनको अवस्था गम्भीर रहेको बताईएको थियो।
यो भन्दा आगाडी रंग दर्पणले संक्रमित व्याक्ति मृतक भनेर सम्प्रेषण गरेको समाचारमा क्षमा माग्दै सच्याएका छौ।
अस्पतालको विज्ञप्तिमा राखीएको दुवै टेलिफोन मा सम्पर्क गर्दा नउठेको पनि जानकारी गराउदछौ।


