Gold
Bangad salyan

अपाङ्गता र एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता नेकपा सरकारले काट्यो ,

जेठ ८ ,काठमान्डौ – सरकारले अपाङ्गता र एकल महिलालाई दिदै आएको भत्ता रोकेपछि प्रतिपक्षि दल नेपालि कांग्रेसले आपति जनाएको छ।

६० वर्ष मुनिका असहाय एकल महिला र अति असक्त अपाङ्गता भएका व्यक्तिहरुले लिदै गरेको सामाजिक सुरक्षा भत्ता सरकारले रोक्ने निर्णय गरेपछि कांग्रेसले विरोध जनाएको हो।

सामाजिक सुरक्षाबाट बञ्चित रहनु पर्ने छैन भन्ने संविधानको प्रावधानविपरीत सरकारले भत्ता रोकेको कांग्रेसले आरोप लगाएको छ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ति निकालेर कोरोना महामारीबाट प्रभावित भइरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता काटिनु गैरजिम्मेवार निर्णय भएको बताएका हुन्।

सरकारको यस्तो निर्णय तत्काल खारेज गरि सामाजिक सुरक्ष भत्ता अविलम्ब गर्न काग्रेसले जनाएको छ।