सुर्खेतमा पहिलोपटक कोरना संक्रमण पुस्टि,
जेठ १० ,काठमान्डौ – सुर्खेतमा पहिलोपटक कोरना संक्रमण पुस्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले सुर्खेतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
सुर्खेतमा आज कोरोना संक्रमित २ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेशमा यस अगाडी दैलेख जिल्लका एक युवकमा कोरोना पुस्टि भएसंगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ पुगेको हो।
संक्रमित लकडाउनकाबीच भारतबबाट लुकीछिपी नेपाल आएका थिए ।
यो संगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ जसमध्य ३ जनाको मृतु भईसकेको छ भने ७० जनाले कोरोना जितेर घर फर्किसकेका छन्।
यो पनि नेपालमा दैनिक कोरोन संक्रमितका बिरामी बढेका छन् आज मात्र नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

