Gold
Bangad salyan

कर्णाली भित्रिने नागरिकलाई बबैमा खाना र पानीले स्वागत गर्न मुख्यमन्त्री शाहीको निर्देशन ,

जेठ ११ ,काठमान्डौ – कर्णाली प्रदेशमा कर्णाली भित्रिने नागरिकलाई बबईमा खान र पानीले स्वागत गर्न मुख्यमन्त्रि महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन्।

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरिगंगा नगरपालिका बबईमा भारतबाट आउने नागरिकलाई प्रदेश सरकारले खाना र पानीले स्वागत गर्न शाहीले उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेका हुन् ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणले भारत नेपालको बन्दाबन्दिले कर्णालीका झन्डै ३० हजार हाराहारी नागरिक विभिन्न सिमानामा अलपत्र छन्।

कतिपय हिडेर नेपाल भारत नाका रुपैडिहा ,गड्डाचौकी ,बहराईच सुनौलमा अडिएका छन्। उनीहरुलाई सरकारले उद्दारको क्रम जारि राखेको छ।

गत हप्ता मात्र कर्णालीमा भारतका विभिन्न स्थानबाट २ हजारको हाराहारीमा नागरिक भित्रिएका थिए।

कर्णाली प्रवेश गर्न भेरिगंगा नगरपालिकाको बबईमा मुख्य चेक पोईनट मानिन्छ।

नागरिकले बबईमा आएर लामो समय रोक्न परेको र आफुहरुले विभिन्न स्थानमा भोकै बसेर आउदापनि बबईमा खाने खाना पानि समेत नपाएको गुनासो गरेका थिए।

यो संगै मुख्यमन्त्रि शाहीले आफ्नो ध्यानआकर्षण भएको र कर्णाली प्रवेशका प्रतेक नागरिकलाई खान र पानीले राम्रो संग स्वागत गर्न आग्रह गरेका हुन्।