Gold
Bangad salyan

दुलही लिन पुगेका नवराज संगै ६ जना वेपत्तामा थप एक जनाको शव फेला ,

जेठ १२ ,काठमान्डौ – जाजरकोट भेरीगगा नगरपालिका वडान ४ रानागाउँ का नबराज बि.क रुकुम पश्चिम् चौरजाहारी नगरपालिका वडान ८ सोतिमा सनिवार आफ्नो प्रेमिका सुस्मा मल्ल लाई बेहुली बनाएर लिन पुगेका थिए।

तर केटि पक्षका आमाबुवाले दलितले माथिल्लो जातकि केटि भगाउन खोजेको भन्दै गाँउलेलाई लगाएर केटापक्षलाई कुटपिट गरि हत्या गरेका थिए।

कुटपिटबाट ६ जना बेपत्ता छन् अहिले सम्म दुई जनाको शव भेटिएको छ ,नवराज बिकको शव भने हिजो भेरिनादीमा फेला परेको थियो आज थप उनका साथि टिकाराम बिकपनि मृत अवस्थामा भेरी नदीको किनारामा हत्या अवस्थामा फेला परेका छन्।

थप चार जना अझै वेपत्ता रहेका छन् ,उनीहरुको खोजि तिब्र रुपले प्रहरीले गरि रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले किशोरी र बाबु आमालाई नियन्त्रणमा लिई बयान लिइरहेको उनले बताए ।

नवराजले बिहे गर्न खोजेकी सुस्मा नवराजको घरमा आउने जाने समेत भएको थियो। सुसमाले पनि नवराजलै निकै मन पराउने नवराजको आमालाई सुनाएकि थीइन उनि अहिले सीईएए दिने तयारीमा थिइन् भने नवराज कक्षा १२ मा पढ्थे।

किशोरीले आफ्ना आमाबुवालाई समेत आफुले नवराजसंग प्रेम गर्ने गरेको बताएकि थिइन्। आम बुवाले नमानेपछि उनले आफुलाई भगाएर लैजान आग्रह गेरपछी नवराज साथीभाई लगेर चौहराजारी पुगेका थिए।

रानागाउँका १० र अन्यत्रका ९ जना जम्मा भएर चौरजहारी पुगेका थिए । केटि राजि भएको देखेर सुस्माका आमाबुवाले मान्छे लगाएर दलित भएर ठूलो जात ताक्दै हिँड्ने भनेर कुटीकुटी हतियार समेत प्रयोग गरेर मारेको खुलेको छ।

घटनामा जोकोहीलाई पनि कारबाही गर्न मानव अधिकार ,दलित संघले आवाज उठाएको छ। तेस्तै रुकुम चौहरजारी नेकपाका नेता पुर्व गृहमन्त्रि जनार्दन शर्मा प्रभावकरले घटनामा असंल्गना जोकीहिलाई नछोड्ने बताएका छन्।