रुकुम घटनामा युटुबको खेति नगरौ ,
जेठ १६ ,काठमान्डौ – रुकुम पश्चिम चौरहजारी ८ सोती घटनाले अहिले देशनै भावाह्विल बनेको बेला युटुबहरुको खेति बढेको छ।
घटनाले पुरै नेपाल सोकमा छ वेपत्ता ६ जनामध्य अझै एक जना फेलापरेका छैनन्। गोताखोरले भेरिनादिमा धमिल पानि बढेकोले शव खोज्नमा कठिन भएको बताएको छ।
घटनाको सत्य तथ्य छानबिन गर्न गृहमन्त्रालयले ५ सदसिय छानबिन समिति गठन गरेर अगाडी बढेको छ।
जिल्ला प्रसाशन रुकुमलेपनि घटनामा दोषी १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान बढाईरहेको छ तर उक्त घटनामा पुगेका पत्रकार युटुबर हरुले घटनाभन्दा बाहिरका मान्छेलाई सोध्ने ,गलत संदेश छर्ने ,गरेको पाईएको छ।
यो विषयमा जिल्ला प्रशाशनले पनि विज्ञप्ति निकाल्ने तयारि गरेको छ। कतिपयले प्रेम प्रेमिका बीच भएका कुरा भन्दै म्यासेज सार्वजनिक गर्ने ,मृतकको शवलाई युटुबमा हाल्न्ने ,कति त फेक आइडि बनाएर कुरा गरेको समेत फेला परेको छ यो विषयमा प्रहरीलेपनि अनुसन्धान गरिरहेको छ।
कतिपयले नवराज र सुस्माको यति माया थियो भनेर आई लभ यु काली, मिलि लोभ मुटु ,बुडी भनेका फेक म्यासेज बनाएर हालेको देखिन्छ ।कसले दियो त्यो म्यासेज कँहा छ केटिको मोबाईल, कँहा छन् नवराजको मोबाईल र फेसबुक यो खेति कहिले सम्म चल्ने हो।
घटनालाई लिएर एक सय एक न्याधिश बनेको समेत देखिन्छ। जसले गर्दा घटनाका वास्तविक दोषी प्रहरी नियन्त्रणमा छन् गाँउका मान्छेलाई केहि कुरा थाहा छैन।
,हिजो मात्र एक युटुबरसंग स्थानिय एक व्याक्तिले नवराज बिक सुस्मा लिन आएको सजिलै नगए निर्मला पन्त जस्तो गर्ने भनेको आफुले सुनेको बताए।
कतिपयले केटिको आफन्ती आन्टी बनाएर नवराजले हाम्रो छोरी जबर्जस्ति लिन खोजेअछि यो हालत बनाएको भनेर आईडि सामाजिक संजालमा हालेका छन्।
शवलाई डोरीले बाँधेर भेरिनादीमा फालेको भनि प्रशारण गरेपनि केहि युटुबले शवलाई पानीबाट निकाल्दा सजिलो होस् भनेर प्रहरीले सरिले बाँधेको बताउछन।
सहि सत्य सुचनाको जानकारी गरि पिडितलाई न्याय दिलाउने हो जसको कार्य राज्य निकायले गर्ने छ। हाम्रो कम भनेको सत्य लेख्ने र प्रसारण गर्ने हो जज बन्ने होइन हेक्का रहोस।
के साचिकै घटनाको वास्तविकता यहि हो त ? कतिथ्तले केटा पक्षको गल्ति हो भन्दै प्रसारण गरेको पाईएको छ ,।
गल्तिनै भएपनि मान्छे मर्ने अपराधी हुन् राज्यले तेस्को कारबाही गर्छ तर युटुबको खेति नगर्न भने सबैले आग्रह गरेका छन्।
पत्रकारले सत्य तथ्य सूचना जारि गर्ने हो भिउज बढाउनको लागि मृतकको कुन कसरि काटेर फोटो हाल्ने ,केटा केटिको फेसबुकबाट फोटो तान्ने गरेको पाईएको छ यस्ता कार्य रोक्न प्रसासन नागरिकले आवहान गरेको छ।

